काठमाडौं : सिरहा लाहानस्थित मालपोत कार्यालयमा बम विस्फोट भएको छ। विस्फोटमा घाइते हुनेको संख्या सात पुगेको छ।
घाइते हुनेमा सुब्बा शिवकुमार यादव, सेवाग्राही दिनेशकुमार भण्डारी लगायत छन्। भण्डारीको अवस्था गम्भीर छ।
मालपोत कार्यालयको माथिल्लो तलाको हलमा आज दिउसो विस्फोट भएको थियो। घटनास्थलमा जनतान्त्रिक मुक्ति मोर्चा (गोइत समूह) लेखिएको पर्चा भेटिएको प्रदेश २ प्रहरी कार्यालयका प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए।
उनका अनुसार घटनामा संलग्न समूहको खोजी कार्य जारी छ।






