Home / Nepal / विराटनगर र इटहरीमा बैंकका सबै शाखा खुल्न थाले, सामाजिक दूरी अनिवार्य

विराटनगर र इटहरीमा बैंकका सबै शाखा खुल्न थाले, सामाजिक दूरी अनिवार्य

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा आजबाट बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुलेका छन् । यसअघि विराटनगरसहित जिल्लाभरका शाखाहरू दिन तोकेर मात्र सञ्चालन हुँदै आएका थिए । 

महानगरमा ठूला बैंकका एकभन्दा अधिक शाखा रहे पनि कुनै एक क्षेत्रको मात्र खुल्दा सेवाग्रहीको ठूलो घुइँचो र भिड हुने गरेको थियो ।

प्रदेश राजधानी विराटनगरमा २७ वाणिज्य बैंक, १० विकास बैंक र ४ फाइनान्स कम्पनीका शाखा छन् ।

विराटनगरमा कतिपय ठूला बैंकका चार वटासम्म शाखा छन् भने फाइनान्सका समेत एकभन्दा बढी शाखा छन् ।

नेपाल राष्ट्र बैंक विराटनगरका प्रमुख रोशन सिग्देलले बुधबारबाट विराटनगरमा बैंकका सबै शाखा खुलेको जानकारी दिनुभयो । बिराटनगर आर्थिक रूपमा धेरै गतिविधि हुने क्षेत्र हो । बिराटनगरमा ट्रान्सजेक्सन पनि बढ्न थालेको छ । मानिसहरू आउने दर पनि बढेको छ त्यसैले सबै शाखा खोल्ने निर्णय भएको हो ।

बैंकमा सेवा लिन पुग्ने सेवाग्राहीलाई रोगको संक्रमण हुन नदिन सामाजिक दूरी कायम गराउने र अरू सावधानी अपनाउन पनि निर्देशन दिइएको सिग्देलले बताए । 

व्यापारको बजार, सरकारी कार्यालयको उपस्थिति र आर्थिक गतिविधि विराटनगरमा अन्यत्रको तुलनामा अधिक हुने गरेको सिग्देलको भनाइ छ ।

प्रदेश १ को सुनसरीमा पनि अधिकांश क्षेत्रमा बैंकका सबै शाखा सञ्चालन आएका छन् । सुनसरीको इटहरी उपमहानगरपालिकाले सबै शाखा सञ्चालनमा आएको जनाएको छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *