काठमाडौं : काठमाडौंको चन्द्रागिरि नगरपालिका २, नागढुंगाबाट नियन्त्रित लागुऔषधसहित एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ५० वर्षीय राजु मण्डल छन्। उनको साथबाट डाइजेपाम २ सय ६५ एम्पुल, फेनारगन ८० एम्पुल र नुफिन सय एम्पुल बरामद भएको छ ।
वीरगन्जबाट काठमाडौं आउँदै गरेको ना.१ज ७०२६ नम्बरको टाटासुमो गाडीमा सवार मण्डललाई नागढुंगास्थित चेकप्वाइन्टमा खटिएको प्रहरीले जाँचगर्ने क्रममा कम्मरमा टेपले बेरी लुकाइ ल्याएको उक्त लागुऔषध फेला पारी पक्राउ गरेको हो।
मण्डलविरुद्ध लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।






