Home / Society / बर्दियामा बाघले चलिरहेको मोटरसाइकलबाट आमालाई लग्यो छोरो घाइते

बर्दियामा बाघले चलिरहेको मोटरसाइकलबाट आमालाई लग्यो छोरो घाइते

काठमाडौं, बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत पूर्वपश्चिम राजमार्गको अम्रेनी पोष्टदेखि पश्चिम कुँवाभार नजिक दुइ जना सबार मोटरसाइकलमा पटेबाघले आक्रमण गरी लिएर गएको छ। कैलाली जिल्लाको लम्किचुहा नगरपालिका ४ की ५० नन्दकला थापालाई पाटेबाघले झम्टेर लगेको निकुञ्जले जनाएको छ।

आमा छोरा सबार मोटरसाइकललाइ शुक्रबार राति करिब साढे ८ बजेतिर पाटेबाघले आक्रमण गरेको र आक्रमण गरी आमालाइ चैं बाघले लिएर गएको थियो। मोटरसाइकल चालक छोरालाई सामान्य चोट लागेको छ भने महिलाको अवस्था अझैं अज्ञात रहेको प्रहरीले जनाएको छ।

बाघले आक्रमण गरेको खबर पाएलगत्तै निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले हात्तीको सहायताबाट महिलाको खोजी गरिरहेको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए।

बर्दिया रास्ट्रीय निकुञ्ज अन्तरगत यस क्षेत्रमा राती मोटरसाइकल, साइकल र पैदलयात्रुलाई हिँड्न जोखिम हुने गरेको भन्दै अबदेखि बेलुका निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा राती आवजजावज गर्न प्रतिबन्ध लगाउने विषयमा छलफल गरिने निकुञ्ज श्रोतले जनाएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *