Home / Nepal / News / राजतन्त्रको पक्षमा बिहीवार धनगढीमा बिशाल प्रदर्शन

राजतन्त्रको पक्षमा बिहीवार धनगढीमा बिशाल प्रदर्शन

विराटनगर: बिहीबार राप्रपा नेपालको अगुवाइमा राजावादीहरुले धनगढीमा बिशाल शक्ति प्रदर्शन गरेका छन। उनिहरुले गणतन्त्रविरुद्ध नारा लगाउँदै राजतन्त्रको माग गरेका थिए।

हजारौंको संख्यामा निस्किएको मोटरसाइल र्‍यालीले धनगढीको बुद्धचौकबाट सुरु गरी चौरहा, अत्तरिया परिक्रमा गर्दै पुन धनगढीमा आएर कोणसभामा परिणत भएको थियो।

र्‍यालीमा राप्रपाका नेताकार्यकर्ता तथा स्वतस्फूर्त रुपमा सर्बसाधारणहरु समेत सहभागी भएर नगर परिक्रमा गर्दै राजा आउ देश बचाउको नारा लगाएका थिए।

कोणसभालाइ राप्रपाका केन्द्रीय सदस्यहरु तथा धर्मिक अभियन्ताहरुले नेपालमा राजतन्त्र र हिन्दु धर्मको आवश्यकता बिषयमा सम्बोधन गरेका थिए।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *