Home / Nepal / लाङटाङ राष्ट्रिय निकुञ्जको जङ्गलमा आगलागी

लाङटाङ राष्ट्रिय निकुञ्जको जङ्गलमा आगलागी

रसुवा : लाङटाङ राष्ट्रिय निकुञ्जको जङ्गलमा आगलागी भएको छ। कालिका गाउँपालिका–१ ग्राङगाउँबाट उत्तरतर्फको ग्राङपाखा जङ्गलमा आज मध्याह्नबाट शुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन।

आगलागी नियन्त्रणका लागि हाल नेपाली सेनाको कालीजङ्ग गण, निकुञ्जका कर्मचारी र स्थानीय बासिन्दा खटिएको छ। आगलागी भएको स्थानमा बढी भिरपाखा र झाडी क्षेत्र भएकाले नियन्त्रणको प्रयास निरन्तर भइरहेको छ।

आगो लगाउने व्यक्तिको खोजी भइरहेको र त्यस्ता व्यक्तिको गोप्य सूचना दिई संरक्षण कार्यमा सहयोग गरिदिन सम्पूर्ण संरक्षणप्रेमीमा निकुञ्जले आग्रह गरेको छ। आगलागीबाट सयौँ हेक्टर जङ्गलमा क्षति पुगेको स्थानीयवासीको भनाइ छ।क्षतिको यथार्थ विवरण भने आउन सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *