नुवाकोट : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पार्टीकै साथीका कारण सरकारले राम्रोसँग काम गर्न नसकेको बताएका छन्।
शनिबार विदुरमा विदुर नगरस्तरीय कार्यकर्ता भेलामा मन्त्री ढकालले पार्टीभित्रै प्रतिपक्षको भन्दा बढी आलोचना गर्ने नेताका कारण सरकारले गति लिन नसकेको र ‘यो सरकारको अहिलेसम्मको अवधि हेर्ने हो भने प्रतिपक्षले भन्दा बढी पार्टीभित्रकै केही नेताहरुले विरोध गरेको मन्त्री ढकालले बताएका छन्।
मन्त्री ढकालले सरकारले संसद् विघटन गरेर निर्वाचनको घोषणा संविधानसम्मत भएको दाबी गर्दै उनले भने, ‘‘संविधानमा विघटन नभएको अवस्थामा बाहेक संसद् पाँच वर्ष चल्नेछ भनेर उल्लेख गरेकाले सरकारले संसद् विघटन गरेको संविधानविपरीत भयो भन्न हुँदैन।’’
निर्वाचन हुँदैन कि भन्ने अन्योलतामा नबस्न कार्यकर्तालाई आग्रह गर्दै उनले भने ‘‘नयाँ जनमतसहित आएर फेरि सरकार चलाउने हो। निर्वाचन तोकिएको समयमा नै हुन्छ। ढुक्क भएर निर्वाचनको तयारीमा लाग्नुहोला,’’।





