काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । केन्द्रीय कार्यसमितिका सदस्यहरुमा कोरोना भाइरसको संक्रमण देखिएका कारण सोमबारका लागि तय गरिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित गरिएको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार २ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको पुष्टि गरेका छन् । उनले केन्द्रीय कार्यसमितिको बैठक असोज २५ गते बस्ने पनि जानकारी दिए ।
यसअघि केन्द्रीय कार्यसमिति बैठकको पूर्वसन्ध्यामा बोलाएको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक भने स्थगित भएको छ । सह-महामन्त्री प्रकाशशरण महतले आइतबार बिहान ९ बजे बोलाइएको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक स्थगित गरिएको जानकारी दिए ।
केन्द्रीय कार्यसमिति बैठकका एजेन्डाबारे छलफल गर्न कांग्रेसले आइतबार बिहान ९ बजे केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बोलाएको थियो ।






