Home / Nepal / News / ब्ल्याक फंगस दुई संक्रमितको शिक्षण अस्पतालमा शल्यक्रिया

ब्ल्याक फंगस दुई संक्रमितको शिक्षण अस्पतालमा शल्यक्रिया

काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा दुईजना ब्ल्लाक फंगस संक्रमितको शल्यक्रिया गरिएको छ।

कोभिड–१९ संक्रमणपछि ब्ल्याक फंगस (म्युकरमाइकोसिस) भएका उनीहरुको १० दिनको अवधिमा शल्यक्रिया सम्पन्न गरिएको अस्पतालको ईएनटी विभागले जनाएको छ।

अस्पतालको नाक, कान, घाँटी (ईएनटी) टिमले ६५ र ४० वर्षका व्यक्तिको शल्यक्रिया गरेको हो। सो अस्पतालमा रहेका तीनजना ब्लाक फंगस संक्रमितमध्ये अर्का एकजनाको पनि शल्यक्रियाको तयारी भइरहेको विभागले जनाएको छ।

नेपालमा हालसम्म १० जना कोभिड संक्रमितमा ब्ल्याक फंगस देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *