काठमाडौं- नेकपा एमालेको नेपाल खनाल समुहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।
भरखरै भर्चुअल माध्यममा बैठक सुरु भएको एक केन्द्रीय कमिटी सदस्यले जानकारी दिए ।
बैठकमा एकताका लागि अनौपचारिक रुपमा भइरहेका वार्ताको समिक्षा र आगामी रणनीतिका बारेमा छलफल हुने नेपाल पक्षका एक नेताले बताएका छन ।
यस अघिनै एमालेको सस्थापन पक्षले अनधिकृत रूपमा बैठक राखिएको भन्दै केन्द्रीय कमिटीका सदस्यलाई सहभागी नहुन उर्दि जारी गरेको थियो ।





