Home / Nepal / विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको बताइएको छ । घिसिङको आजै पदभार ग्रहण हुँदैछ । कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यलाई ऊर्जा आयोगमा सरुवा गरिएको बताइएको छ।शाक्य आज कार्यालय गएका छैनन्।

११ महिनाअघि कार्यकाल सकिएपछि घिसिङ बिदा भएका थिए। उनी भदौ ३१ मा चारवर्षे कार्यकाल पूरा गरेर बिदा भएका थिए । ऊर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले प्राधिकरणमा कुलमान घिसिङलाई ल्याएको जानकारी दिए ।

घिसिङले पनि बाह्रखरीसँग कुराकानी गर्दै पत्र आइनसकेको तर नियुक्ति गरिएको जानकारी आएको बताए ।

उनले प्रक्रियाअनुसार पत्र आउन केही समय लाग्ने भए पनि नियुक्तिको जानकारी आएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *