Home / Nepal / News / फुटबल टोलीको बन्द प्रशिक्षण आजदेखि सुरु

फुटबल टोलीको बन्द प्रशिक्षण आजदेखि सुरु

काठमाडौं : नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षण आजदेखि (बुधबार) पोखरामा सुरु हुँदै छ । खेलाडीहरुको १० दिनको विश्रामपछि प्रशिक्षण सुरु हुन लागेको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आजदेखि पोखरा रंगशालामा टोलीको प्रशिक्षण सुरु हुने जनाएको छ। नेपाली टोलीका म्यानेजर मदुसुधन उपाध्यायले पोखरामा नेपाली टोलीले प्रशिक्षण गर्ने बताए।

दुई खेलाडी चोटका कारण सहभागी नहुने भएका छन्। प्रकाश बुढाथोकी र एरिक विष्ट सहभागी नहुँदा उनीहरुको स्थानमा शिशिर लेखी र सेसेहाङ आङदेम्बे टोलीमा सामेल हुने एन्फाले जनाएको छ। गोलकिपर विशाल सुनार पनि पोखराको प्रशिक्षणमा सहभागी हुने भएका छन् ।

साफ च्याम्पियनसिप र एसियन कप छनोटअन्तर्गत फाइनल चरणको छनोटका लागि नेपाली टोलीले तयारी गरिरहेको छ । साफ च्याम्पियनसिपअघि नेपालले दशरथ रंगशालामा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालले आउँदो भदौ १७ र २० गते खेल खेल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *