काठमाडौं : नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले आफूले उपयुक्त अवसर पाए राजनीतिमा समेत आउनसक्ने बताएका छन्। तर, क्रिकेट व्यवस्थापन भएमात्रै त्यसका लागि आफूले सोच्ने पारसको भनाइ छ।
आज पत्रकार सम्मेलन गर्दै पूर्वकप्तान खड्काले सही राजनीतिले संस्थालाई अगाडि बढाउन सके आफू त्यसमा सकारात्मक भएको बताए।
खड्काले एक महिनाभित्र आफूले आफ्नो क्रिकेट एकेडेमी समेत सञ्चालनमा ल्याउन लागेको बताए।






