Home / Nepal / News / सांसद भट्टराईको कटाक्ष : एउटै घटनाले ‘परालखुट्टे’ सरकारको हैसियत देखियो

सांसद भट्टराईको कटाक्ष : एउटै घटनाले ‘परालखुट्टे’ सरकारको हैसियत देखियो

काठमाडौं : राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले एउटै घटनाले सरकारको कमजोर धरातल उदांगिएको बताएका छन्। भट्टराईले दार्चुलामा जयसिंह धामी एसएसबीले डोरी काटिदिएका कारण महाकाली नदीमा खसेको भन्न पनि सरकारले आँट नगरेको दाबी गरे।

“जयसिंह धामी एसएसबीले डोरी काटिदिँदा महाकाली नदीमा खसेर बेपत्ता भएका हुन्। देखि–जान्नेले यही भनेका छन्,” भट्टराईले भने, “सरकार किन खुट्टा कमाउँदै छ ? भारतीय पक्षसँग वार्ता गर्नु पर्दैन? भारतीय राजदूतलाई बोलाएर सोध्नु पर्दैन ?”

उनले एसएसबीका जवानलाई कारबाही गराउनसमेत सरकारले हैसियत नराखेको भन्दै सरकारको कमजोर जग यसको कारण भएको बताए। “एउटै घटनाले परमादेश सरकारको परालखुट्टा देखिएको छ,” भट्टराईले भने।

उनले केपी शर्मा ओलीले तुइन हटाउने नीति लिए पनि सीमा क्षेत्रको निर्माणमा भारतको पनि सहमति चाहिने हुँदा ढिला भएको भन्दै ओली सरकारको भने बचाउ गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *