काठमाडौं : काठमाडौंको नयाँ बसपार्कभित्र बसबाट ओर्लने क्रममा सोही बसले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ।
मृत्यु हुनेमा कपिलवस्तुको महाराजगन्ज घर भएका ८० वर्षीय कुतबुल्ला मुसलमान रहेका छन्। उनलाइ लु२ख ५२४२ नम्बरको बसबाट ओर्लने क्रममा सोही बसले हिजो बेलुका करिब साढे ७ बजे ठक्कर दिएको थियो ।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टर महाँकालमा राति ११ बजे मृत्यु भएको जनाइएको छ ।चालकलाई महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले नियन्त्रणमा लिएको छ।






