Home / Nepal / कोभिड १९ संक्रमणको आशंंकामा आईसोलेशनमा भर्ना भएकी महिलाको निधन

कोभिड १९ संक्रमणको आशंंकामा आईसोलेशनमा भर्ना भएकी महिलाको निधन

अछाम । कोरोना भाईरस अर्थात् कोभिड १९ संक्रमणको आशंंकामा जिल्ला अस्पताल अछामको आईसोलेशनमा भर्ना गरिएकी एक महिलाको मृत्यु भएको छ ।

बैशाख १५ गते बिरामी भएर आईसोलेशन वार्डमा भर्ना गरिएका मंगलसेन नगरपालिकाकी ५१ बर्षीय महिलाको बिहिबार बिहान मृत्यु भएको हो ।

कोरोना भाईरसको सामान्य लक्षण ज्वरो आउने, खोकी लाग्ने संकेत देखिएपछि उनलाई आईसोलेसिनमा राखेर उपचार सुरु गरिएको डा शरदचन्द्र बरालले बताउनु भयो ।

यसअघि जिल्ला अस्पतालमा आरडिटी परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको डा बरालले जानकारी दिनुभयो ।

बिरामीका आफन्तसँग उहाँको बारेमा बुझ्दा उहाँ गाउँघरका केही आफन्त र जिल्ला बाहिर बाट आएकाहरुसँग सम्पर्कमा रहेका कारण कोरोना संक्रमणको आशंका गरिएकाले स्वाब संकलन गरी सुर्खेत पठाईएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले बताउनु भयो ।

आज नै पिसिआर परीक्षणका लागि स्वाब सुर्खेत पठाई सकिएकाले भोलिसम्म रिपोर्ट आईपुग्ने ढुंगानाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *