Home / Politics / डा. गोविन्द केसीको श्‍वासप्रश्‍वासमा समस्या, अक्सिजन दिन थालियो

डा. गोविन्द केसीको श्‍वासप्रश्‍वासमा समस्या, अक्सिजन दिन थालियो

काठमाडौं । २१ दिनदेखि सत्याग्रहमा रहेका डा. गोविन्द केसीको श्‍वासप्रश्‍वासमा समस्या देखिएपछि अक्सिजन दिइएको छ । केसीका सहयोगी प्रितम सुवेदीले श्‍वासप्रश्‍वासमा समस्या देखिएको बताए । 

सरकारले डा. केसीको सत्याग्रहलाई बेवास्ता गरेको उनले बताए । डा. केसीले यसअघि कुनै पनि औषधि उपचार नलिएकाले स्वास्थ्य थप जटिल बन्दै गएको पनि उनले जानकारी दिए ।

डा. केसीले गत भदौ २९ गते ६ बुँदे माग राखेर जुम्लाको एक मन्दिरमा सत्याग्रहमा सुरु गरेका थिए । सत्याग्रहको नवौं दिनमा उनी काठमाडौं त्रिवि शिक्षण अस्पतालमा सत्याग्रह बस्‍न आउँदा प्रहरीले अपहरण शैलीमा ट्रमा सेन्टरमा लगेको थियो  । 

डा. केसीले मास्कको प्रयोग र दूरीलाई अनिवार्य गर्दै पीसीआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त्य गर्न, कोभिड तथा अन्य रोगका सबै बिरामीका लागि समेत उचित उपचारको व्यवस्था गर्न आग्रह गरेका थिए ।

यसअघि सरकारले १० साउन ०७५ मा गरेको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्न, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्ति सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गर्न माग राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *