Home / Nepal / News / आज माघ शुक्ल पूर्णिमा, स्वस्थानी व्रतकथाको समापन

आज माघ शुक्ल पूर्णिमा, स्वस्थानी व्रतकथाको समापन

काठमाडौं : एक महिना लिइने श्री स्वस्थानी व्रतकथाको आज विधिवतरुपमा समापन गरिएको छ। यो वर्षको अन्तिम दिन आज शालिनदीमा व्रतालुहरुले पूजा आराधना गरेर व्रत समापन गरेका छन्।

स्वस्थानी व्रतकथा समापनका लागि आज शालीनदीसँगै भक्तपुरको हनुमानघाटलगायत स्थानमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो। व्रत अवधिभर शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएका स्थान, पशुपति, गौरीघाट, गणेश मन्दिरमा पूजा गरेमा मोक्ष मिल्ने धार्मिक विश्वास रहेका कारण ती स्थानमा भक्तजनको घुइँचो लागेको थियो।

सत्ययुगमा पार्वतीले महादेव स्वामी पाउन निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको विश्वासका साथ परम्परागत रूपमा स्वस्थानी व्रतकथा लिने चलन छ ।

महिनाभर स्नान गरी श्रीस्वस्थानीको पूजा गरी एक छाकमात्रै खाना खाए मनको आकांक्ष पूरा हुने जनविश्वास छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *