गैंडाकोट: नवलपरासको कावासोती जंगलमा लुटेराको समुहले एक महिलाको कान काटेर गहना लुटेको छ।
पिडित महिलाको दुबै कान काटेर गहना लुटेको प्रहरीले जनाएको छ। आज बिहान कावासोतीको बुढौली कुनाको जंगलको बाटो हुँदै कावासोती बजार आउँदै गरेको अवस्थामा ति महिला लुटिएकी हुन।
लुटिनेमा तुलसी पौडेल रहेकी र उनको दुबै कानमा लगाइएको रिङ लुटेराहरुले लुटेका थिए। लुटेराको आक्रमणबाट महिलाको टाउको र कानमा चोट लागेको र हाल उनको कावासोतीस्थित नवलपुर अस्पतालमा उपचार भइहरेको छ।
लुटिएको ठाउ जिल्ला प्रहरी कार्यालयबाट ६ सय मिटरको दुरिमा पर्दछ। प्रहरीले कान काट्ने लुटेराको खाजी गरिरहेको जिल्ला प्रहरी कार्यलय नवलपरासीले जनाएको छ।






