चितवन: बन्यजन्तु धपाउन प्रयोग गरिएको विद्युतिय पासोमा परि एक वृद्धको मृत्यु भएको छ।
माडी नगरपालिका ६ का ६० वर्षीय सुकदेव महतोको गैंडा धपाउन खोज्दा वन्यजन्तु धपाउनका लागि बिच्छाइएको तारको करेन्ट लागेर मृत्यु भएको हो।
चितवन राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा वन्यजन्तु धपाउन बिद्युतिय पासो लगाउने गर्दछ्न। करेन्ट लागेर गम्भीर घाइते भएका उनको बघौडा अस्पताल माडीमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ।






