काठमाडौं: प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकार सूर्य थापा राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराई र स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना सङ्क्रमण पुस्ठी भए सङै प्रधानमन्त्री केपी शर्मा ओली आइसोलेसनमा बसेका छन।
उनको सचिवालयका चार जना, सदस्यहरुमा कोरोना भारइरस सङ्क्रमण देखापरेपछि प्रधानमन्त्री ओली आइसोलेसनमा बसेका हुन। चारै जना ओलीको निकट सम्बन्धमा रहेका मानिन्छन।
यसअघि ओलीको निजी चिकित्सकलाई पनि कोरोना संक्रमण देखिएको थियो। गत बिहीबार गरिएको स्वाब परीक्षणमा भने प्रधानमन्त्री ओलीसहित श्रीमती राधिका शाक्यको रिपोर्ट नेगेटिभ देखिएको थियो। आज फेरी ओलिको स्वाब संकलन गरिदैछ।






