Home / Nepal / गरिमाले सहारालाई प्राप्ति गर्ने, सहाराको सेयर कारोबार रोक्का

गरिमाले सहारालाई प्राप्ति गर्ने, सहाराको सेयर कारोबार रोक्का

काठमाडौं । गरिमा विकास बैंकले सहारा विकास बैंकलाई प्राप्ति गर्ने भएपछि सहारा विकास बैंकको सेयर कारोबार रोक्का भएको छ । गत शुक्रबार राष्ट्रिय स्तरको गरिमा विकास बैंकले प्रदेश २ को सर्लाहीमा रहेको एकजिल्ले सहारा विकास बैंकलाई प्रापित गर्ने सम्झौता गरेको थियो ।

यसअघि देवः विकास बैंकले प्राप्ति गर्ने सम्झौता गरेसँगै उक्त बैंकको सेयर कारोबार रोक्का रहेको थियो । २०७४ जेठमा देवः विकास बैंकले सहारा विकास बैंलाई प्राप्ति गर्ने सम्झौता भएको थियो । उक्त सम्झौतासँगै सहारा विकास बैंकको सेयर कारोबार रोक्का भएको ।

सहारालाई प्राप्ति गर्ने सम्झौता गरेको देवः विकास बैंक नै हाल कुमारीमा विलय भइसकको छ । देवः विकास बैंकमा विलय हुने सम्झौता भएपछि तीन वर्षभन्दा बढी समयदेखि सेयर कारोबार रोक्का रहेको सहारा विकास बैंकको सेयर कारोबार खुल्ने आशमा रहेको सहारा विकास बैंकका लगानीकर्ता बैंकले पुन: गरिमामा विलय हुने सम्झौता गरेपछि कहिलेबाट सेयर करोबार खुल्ने हो भन्‍ने अन्योल बढेको छ ।

हाल राष्ट्रिय स्तरको गरिमा विकास बैंकको चुक्ता पुँजी तीन अर्ब २३ करोड ८७ लाख र एकजिल्ले सहारा विकास बैंकको चुक्ता पुँजी १६ करोड ३४ लाख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *