Home / Society / नवलपरासीमा एकै दिन ५ जना कोरोना सन्क्रमीतको मृत्यु

नवलपरासीमा एकै दिन ५ जना कोरोना सन्क्रमीतको मृत्यु

जिल्ला जनस्वास्थ्य कार्यालय नवलपुरका अनुसार कोरोना संक्रमणबाट शनिबार एकै दिन होम आइसोलेसनमा बसेका २ जना र उपचाररत ३ जना गरि ५ जनाको मृत्यु भएको हो।

होम आइसोलेसनमा मृत्युहुनेमा कावासोती-६ का ६७ वर्षीय पुरुष तथा गैंडाकोट-२ की ७७ वर्षीया महिला रहेकी छिन।

यसै गरी गैंडाकोट-१३ का ३८ वर्षीय पुरुषको पुरानो मेडिकल कलेज भरतपुर, विनयी त्रिवेणी-१ की ६४ वर्षीया कोरोना संक्रमति महिला र कावासोती-११ का ६२ वर्षका पुरुषको चितवन मेडिकल कलेज भरतपुरमा निधन भएको हो।

जिल्लामा हालसम्म कोरोना पुष्टि भएका २३ जनाले ज्यान गुमाएको बताइएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *