पछिल्लो २४ घण्टामा कोरोनाबाट १६ जनाको मृत्यू १० हजार बढी नयाँ संक्रमित
काठमाडौ: देशभरिमा पछिल्लो २४ घण्टामा १० हजार २ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १४ हजार ४६२ जनाको पीसीआर परीक्षणमा ८ हजार २ सय १२ र ५ हजार ७२५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यसै गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या १६ रहेको छ।