HealthWorld News

जापानमा समेत नयाँ ओमिक्रोन भेरियन्टको पुष्टि

जापानमा कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्टको पहिलो केस पुष्टि भएको छ। सरकारी अधिकारीहरूले मंगलबार आज उक्त कुराको पुस्ठी गरेका हुन ।

नामीबियाका ३० बर्षिय कुटनैतिक एक पुरुषमा उक्त भेरीएन्ट पत्ता लागेको हो। गत हप्ता दक्षिण अफ्रिकाले पहिलो पटक रिपोर्ट गरेको उक्त भाइरसका कारण , धेरै देशहरूलाई यात्रा प्रतिबन्धहरू कडा पारीरहेका छन।

विश्व स्वास्थ्य संगठनले ओमिक्रोन भेरियन्ट विश्वव्यापी रूपमा फैलिने सम्भावना रहेको भन्दै धेरै उच्च जोखिम खडा गर्ने चेतावनी यश अघि नै दिइसकेको छ।

अफ्रिका र युरोपका धेरै देशहरू साथै भारत, क्यानडा, अष्ट्रेलिया, इजरायल र हङकङमा पनि यो भाइरसको पुष्टि भइसकेको छ।

जापानले व्यवसायीहरू, अन्तर्राष्ट्रिय विद्यार्थीहरू र यसको प्राविधिक इन्टर्नशिप कार्यक्रममा सहभागीहरूका लागि प्रवेश नियमहरू सहज बनाएको तीन हप्ता मै आएको नयाँ भेरिएन्टका कारण जापान जाने प्रक्रीयामा रहेका नेपाली बिद्यार्थी समेत मार्कामा परेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *