काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्याकामा एक हजार १७ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७८३ , ललितपुरमा ११८ र भक्तपुरमा १६३ कोरोना संक्रमित थपिएका हुन् ।
जसअनुसार काठमाडौंमा २५८ महिला र ५२५ पुरुष, ललितपुरमा ४९ महिला र ६९ पुरुष र भक्तपुरमा ४३ महिला र ७३ पुरुष रहेका छन् ।
सोमबार काठमाडौंमा ११७८, ललितपुरमा २५० र भक्तपुरमा १०३ गरी एक हजार ५३१ कोरोना संक्रमित थपिएका थिए ।
आइतबार काठमाडौंमा १३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ गरी एक हजार ५६० कोरोना संक्रमित थपिएका थिए ।
शनिबार काठमाडौंमा एक हजार १, ललितपुरमा १०९ र भक्तपुरमा ६७ गरी एक हजार १७७ कोरोना संक्रमित थपिएका थिए ।






