Home / Nepal / News / ओली समूह र प्रचण्ड-नेपाल समूहबीच कञ्‍चनपुरमा झडप

ओली समूह र प्रचण्ड-नेपाल समूहबीच कञ्‍चनपुरमा झडप

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी ओली समूह र प्रचण्ड-नेपाल समूहबीच कञ्‍चनपुरमा सामान्य झडप भएको छ।

प्रचण्ड-नेपाल पक्षले पार्टी कार्यालयमा बोलाएको भेला ओली समूहले बिथोल्न खोजेपछि सामान्य झडप भएको हो । प्रचण्ड समूहका नेता कार्यकर्ताका अनुसार पार्टी कार्यालयमा भेला बोलाइँदा ओली पक्षका कार्यकर्ताले तालाबन्दी गरेका थिए। 

ताला तोड्न खोजेपछि सामान्य ठेलमठेल भएको हो। स्थानीय प्रशासनले नेकपाको पार्टी कार्यालयमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *