काठमाडौं । विभाजित नेकपाको केपी शर्मा ओली समूह र प्रचण्ड-नेपाल समूहका छुट्टाछुट्टै भेला, बैठक बसिरहेका छन्।
नेकपाको विद्याथी संगठन अनेरास्ववियूको ओली समूहको केन्द्रीय कमिटी बैठक जारी छ । शुक्रबारदेखि सुरु भएको बैठक काठमाडौंको नयाँबजारस्थित सम्राट पार्टी प्यालेसमा भइरहेको छ ।
प्रचण्ड-नेपाल समूहले एकलौटी ढंगले बैठक गरेको भन्दै संयोजक ऐन महरलाई कारबाहीको सिफारिस पनि गरिसकेको छ। सह-संयोजक रन्जित तामाङले महरलाई कारबाहीको सिफरिस गरेका हुन् ।






