बिरगंज । पर्सामा कोरोनाका संक्रमित बढ्न थालेपछि स्थितीलाई थप भयाबह हुन नदिन जिल्ला प्रसासन कार्यलय पर्साले भोलिबाट अनिस्चित्कालिन निषेध आज्ञा जारी गर्ने जिल्ला प्रसासन कार्यलय पर्साले जनाएको छ।
विभिन्न राजनीतिक दल, संघ–संगठनसँग छलफल गरेर निषेधाज्ञा लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारीको कार्यलयले जानकारी दिएको छ।
आवश्यक पूर्वतयारी गर्न र नागरिकलाई सरसामानको बन्दोबस्त गर्नका लागि आज एक दिनबाहिर निस्कनका लागि दिइएको छ भने निषेधाज्ञा पहिलेकोभन्दा अझ कडा हुन सक्ने जिल्ला प्रसासन कार्यलयले दिएको जानकारीमा भनिएको छ।
कोरोनाको संक्रमण फैलिन नदिन तथा यसबाट प्रतिकूल प्रभाव पर्न सक्ने कुनै किसिमको गतिविधि हुन गर्न नदिन अत्यावश्यक सेवाहरू जस्तै औषधि पसल, खाधान्न, अस्पताल तथा स्वास्थ्य केन्द्र, खानेपानी संचालन तथा वितरण, पेट्रोलियम पदार्थको दुवानी भण्डार र वितरण, फोहोरमैला संकलन , विद्युतीय सेवा, आदि बाहेकका सेवा गर्न रोक लागाइएको छ।
अब निषेधाज्ञा लगाउनुका साथै परीक्षणको दायरा बढाउने समेत जिल्ला प्रसासन कार्यलय पर्साले जनाएको छ।
निषेधआज्ञा अबधिभरि अनावश्यक आवत जावत, हिंडडुल तथा मान्छे भेला हुने किसिमका कुनैपनी गतिबिधी नगर्न जनता सङ अपिल गरिएको प्रमुख जिल्ला अधिकारीको कार्यलय बिरगन्जले जनाएको छ।






