NewsPoliticsSociety

राजतन्त्रको पक्षमा बिहीवार बिराटनगरमा बिशाल प्रदर्शन

विराटनगर: बिहीबार राप्रपा नेपालको अगुवाइमा राजावादीहरुले विराटनगरमा बिशाल शक्ति प्रदर्शन गरेका छन। उनिहरुले गणतन्त्रविरुद्ध नारा लगाउँदै राजतन्त्र माग गरेका थिए।

हजारौंको संख्यामा निस्किएको मोटरसाइल र्‍यालीले विराटनगर कञ्चनबारीबाट सुरु गरी पोखरिया, ट्राफिक चोक, रोडशेष चोक परिक्रमा गरी वरगाछीमा आएर कोणसभामा परिणत भएको थियो।

र्‍यालीमा राप्रपाका नेताकार्यकर्ता तथा स्वतस्फूर्त रुपमा सर्बसाधारणहरु समेत सहभागी भएर नगर परिक्रमा गर्दै राजा आउ देश बचाउको नारा लगाएका थिए।

कोणसभालाइ राप्रपाका केन्द्रीय सदस्यहरु केदार कोइराला, प्रल्हाद साह, विद्वत परिषद्का केन्द्रीय, उपाध्यक्ष बल्लवप्रसाद दाहाल लगायतका नेताहरुले नेपालमा राजतन्त्रको आवश्यकता बिषयमा सम्बोधन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *