Home / Nepal / News / यो वर्षको दसैंमा पानी पर्छ?

यो वर्षको दसैंमा पानी पर्छ?

काठमाडौं : यो वर्षको दसैंमा पानी पर्छ अथवा मौसम सफा हुन्छ ? औसत समयमा मनसुन नबाहिरिएपछि दसैंसम्म मनसुन रहन्छ कि बाहिरिन्छ भन्ने जिज्ञासा धेरैमा छ।

बरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार “दसैंसम्म मनसुन रहन्छ कि रहँदैन अहिले नै भन्न सकिँदैन। तर, घटस्थापनासम्म भने मनसुन रहने करिव निश्चित छ,” उनी भन्छन्, “मनसुन बाहिरिने क्रममा रहेकाले टीकासम्म त सम्भवत रहँदैन । तर, झरी नै नपरे पनि दसैंमा पानी भने पर्न सक्छ।”
सामान्यतः अक्टोबर २ बाट मनसुन बाहिन्छ। तर, यो वर्ष मनसुन बाहिरिन केही समय लाग्ने भएको छ। कुनै वर्ष औसतभन्दा एकहप्ता पछिसम्म मनसुन सक्रिय हुने गरेको छ।

आज दिउँसो देशभर सामान्य बदली रही प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र अरु प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा मौसम बदली हुने छ। “काठमाडौंमा आज मौसम बदली हुने छ । छिटपुट वर्षा पनि हुने ,” वरिष्ठ मौसमविद् वरुण पौडेल भन्छन्, “काठमाडौंको मौसम आज धुम्म हुने छ, बादल लाग्ने छ।”

उनका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश २ का धेरै र अरु प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *