Home / Nepal / News / भ्वाइस अफ नेपाल सिजन–३ का विजेता किरण गजमेर किन विमानस्थलबाटै फर्के?

भ्वाइस अफ नेपाल सिजन–३ का विजेता किरण गजमेर किन विमानस्थलबाटै फर्के?

काठमाडौं : भ्वाइस अफ नेपाल सिजन–३ का विजेता किरण गजमेरलाई अमेरिकाबाट कतार एयरवेजमार्फत गएको सोमबार नेपाल आएका उनलाई अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइदिएको छ।

एक प्रवेशाज्ञा (भिसा)मा बस्न पाउने समय किरणले नेपालमा बिताइसकेकाले उनलाई फकाईएको अध्यागमन विभागले जनाएको छ। एक प्रवेशाज्ञामा १८० दिन मात्रै नेपाल बस्न पाइन्छ।

उनले सन् २०२१ मा अब नेपाल प्रवेश पाउने छैनन्। भ्वाइस अफ नेपालमा प्रतिस्पर्धाका क्रममा उनी लामो समय नेपाल बसेका थिए।

सन् २०२२ मा भने उनी पुनः नेपाल आउन सक्छन्। किरण अघिल्लो महिना सम्पन्न भ्वाइस अफ नेपाल सिजन–३ का विजेता हुन्।

भुटानबाट शरणार्थीका रूपमा नेपाल आएका किरण केही वर्षयता अमेरिकामा बस्दै आएका छन्। तेस्रो मुलुक पुनर्वासका क्रममा उनी अमेरिका पुगेका हुन्। किरण अमेरिकी नागरिक हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *