Home / Nepal / News / ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं : धनुषाको लक्ष्मीनिया गाउँपालिका–२ मा ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा लक्ष्मीनिया गाउँपालिका–१ का ४५ वर्षीय जुगेश्वर साह रहेकी छन्। दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको जनाइएको छ ।

ज२त ९२८ नम्बरको ट्याक्टर र ज११प ८००७ नम्बरको मोटरसाइकल आपसमा हिजो साँझ करिब ६ बजे ठोक्किएका थिए। ट्याक्टर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीचौकी लक्ष्मीनियाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *