Home / Politics / नेकपा एमाले उपाध्यक्ष वामदेव गौतम बालुवाटारमा

नेकपा एमाले उपाध्यक्ष वामदेव गौतम बालुवाटारमा

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन पार्टी उपाध्यक्ष वामदेव गौतम केहीबेर पहिले बालुवाटार प्रस्थान गर्नु भएको छ।

एकता अभियान का संयोजक एवम् नेकपा ( एमाले ) का उपाध्यक्ष गौतम २०७५ जेठ ३ गते पुर्वको केन्द्रीय कमिटी बैठकमा भाग लिन बालुवाटार जानु भएको गौतमको निजि सचिवालयले जनाएको छ । केन्द्रिय कमिटीको १३ औं बैठक बिहान ११ बजेबाट बालुवाटारमा चलिरहेको छ ।

नेकपा एमाले र माओवादी छुट्टिएपछि अध्यक्ष ओली २०७५ जेठ २ गतेसम्मको मानेर अगाडि बढ्नुपर्ने बताउँदै आएका छन् । बिहीबार गौतम लगायतका पदाधिकारीलाई बैठकमा सहभागी हुन पत्र पठाइएको थियो ।

नवौं महाधिवेशनबाट निर्वाचित सबैलाई सम्बोधन गरेर पत्र पठाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *