Home / Nepal / News / चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मृत फेला

चितवन : चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले दुई गैँडा मरेका छन्। निकुञ्जको पुरानो पदमपुरस्थित अर्ना रहेको क्षेत्रमा एउटा बच्चा र डुमरियामा अर्को भाले गैँडा मरेका हुन्।

निकुञ्जको पुरानो पदमपुरस्थित अर्ना राखिएको क्षेत्रनजिकै बुधबार एक वर्ष छ महिनाको भाले बच्चा मृतावस्थामा फेला परेको हो। सो बच्चाको शरीरमा कुनै घाउचोट नभएकाले चिसोका कारण मरेको अनुमान गरिएको छ। चिकित्सकले मृत्युको कारण खोजी गरिरहेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए।

यस्तै, बिहीबार दिउँसो निकुञ्जको बेलसहरघाट क्षेत्रमा एउटा गैँडा मृतावस्थामा फेला परेको छ। तीस वर्षको भाले गैँडा प्राकृतिक कारणले मरेको अधिकारीले जानकारी दिए । मृतावस्थामा भेटिएका दुवै गैँडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *