Home / Nepal / News / सिरहाको गोलबजारबाट प्रतिबन्धित लागुऔषधसहित दुईजना पक्राउ

सिरहाको गोलबजारबाट प्रतिबन्धित लागुऔषधसहित दुईजना पक्राउ

लहान : सिरहाको गोलबजारबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ।

पक्राउपर्नेमा गोलबजार नगरपालिका–२ निवासी २२ वर्षीय राकेशकुमार साह र मिर्चैया नगरपालिका–८ निवासी २७ वर्षीय अनिल शर्मा छन्। ऊनीहरुलाइ इलाका प्रहरी कार्यलय गोलबजार सिरहाबाट खटिएको टोलीले बिहीबार साँझ पक्राउ गरेको हो।

गोप्य सूचनाका आधारमा लागुऔषध बिक्री–वितरणका लागि गोलबजारबाट लहानतर्फ आउँदै गर्दा स७प ५७१२ नम्ब।को पल्सर मोटरसाइकल र स१०प ५५२२ नम्ब।को मोटरसाइकलमा जाँच गर्दा लागुऔषध बरामद भएपछि पक्राउ गरिएको हो।

पक्राउ परेकाहरुको साथबाट डिलक्स डिसी ३४ बोतल, डाइजोपाम इन्जेक्सन ४५ एम्पुल, नोफिन इन्जेक्सन ४५ थान, फेनारगन ४५ थान, स्पासप्रोक्सन ४८ थान, नाइट्रोभेट ट्याब्लेट एक हजार ४९७ थान लागुऔषध बरामद भएको प्रहरी नायब उपरीक्षक शर्माले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *