Home / Politics / वाग्मती प्रदेशसभाको बैठक आज बस्दै,पौडलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुने

वाग्मती प्रदेशसभाको बैठक आज बस्दै,पौडलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुने

वाग्मती : वाग्मती प्रदेशसभाको सातौं अधिवेशन बैठक आज दिउँसो १ बजेदेखि पुनः सञ्चालन हुने भएको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल तथा सत्तारुढ नेकपा संसदीय दलका नेताहरुसँग गएराति छलफल गरी आज दिउँसो १ बजे बैठक बस्ने गरी सहमति भएको छ। बैठकमा मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल प्रारम्भ हुने सो सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताएका छन्।

प्रदेशसभाको कार्यपरामर्श समितिको बैठकले हिजो बैठक बोलाउन सभामुखलाई मुख्यमन्त्री तथा सत्तारुढ दलका नेताहरुसँग सहमति गरेर ल्याउन भनिएअनुसार सभामुख श्रेष्ठले बैठक आह्वान गरेको सचिवालयका सचिव खड्काले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *