काठमाडौं : एनआईसी एशिया क्यापिटलमा अनलाइनमार्फत निःशुल्क डिम्याट खाता खोल्न सकिने भएको छ।
पछिल्लो समयमा डिम्याट खाता खोल्ने सर्वसाधारणको बढ्दो क्रम भएकाले क्यापिटलले डिम्याट खाता प्राप्त गर्न लामो समय लाग्ने जनगुनासोलाई सम्बोधन गर्दै एक घण्टामै काम बनिसक्ने व्यवस्था गरेको हो।
एनआईसी एशिया अनलाइन डिम्याट सेवामा माघ मसान्तसम्म अनलाइनमार्फत डिम्याट खाता खोल्ने सर्वसाधारणलाई डिम्याट खाता निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।
यो सुविधा आइतबारदेखि बिहीबारसम्म दिनको ४ बजे र शुक्रबार दिनको १ बजेसम्म उपलब्ध हुनेछ। हाललाई यो सेवा काठमाडौं उपत्यकाभित्र मात्र उपलब्ध हुनेछ।






