तनहुँ : तनहुँ ब्यास नगरपालिका–११, दरैपधेरोमा आफ्नै ७२ वर्षीया आमा लक्ष्मी दरैको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्। पक्राउ पर्ने ३३ वर्षीय प्रेम दरै छन्।
मादकपदार्थ सेवन गरेका प्रेमले काठको दाउराले प्रहार गर्दा आमा लक्ष्मीको घटनास्थलमै मृत्यु भएको खुलेको छ। उनलाई जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको टोलीले पक्राउ गरेको हो।






