काठमाडौं : नेपाल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ।
आर्थिक वर्ष २०७६÷०७७ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने कम्पनी सञ्चालक समितिको बैंठकले प्रस्ताव गरेको हो।
यही माघ ८ गते बसेको बैंठकले कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनाको लागिसमेत गरी २ प्रतिशत नगद लाभांशसमेत कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको प्रस्तावित लाभांश बिमा समितिको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ।






