भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका १० भृकुटीनगरका ६१ वर्षीय पुरुष र वडा नम्बर १८ कारकाँदोकी १८ वर्षीय युवतीको गएराती मृत्यु भएको छ।
असोज २५ गते अस्पताल भर्ना भएका भृकुटीनगरका ६१ वर्षीय पुरुषको शुक्रवार राति ९ बजे र असोज २९ गते अस्पताल भर्ना भएकी १८ वर्षीय युवतीको ९ः ३० बजे मृत्यु भएको थियो।
दुबै जनामा श्वासप्रश्वासमा समस्या देखिएको थियो। यो सँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।






