आज नवरात्रको पहिलो दिन घर घरमा कलश स्थापना गरेर विशेष पुजा सहित नवरात्र सुरुवात गरिन्छ। नवरात्र अश्विन महिनाको शुक्लपक्षको प्रतिपदा देखी नवमी सम्म भगवती माताको प्रतिमा स्थापना गरेर विशेष पुजा आरधना गरि नौ दिन सम्म मनाउने भएकोले यसलाइ नवरात्र भनिएको हो।
आज नवरात्रको पहिलो दिन शैलपुत्रीको पूजा गरि कलशको स्थापना गरिन्छ जुन कलशलाइ भगवान गणेशको प्रतिकको रुपमा विधिवत तरिकाले स्थापना गरिन्छ।
आश्विन महिनाको शुक्लपक्षको प्रतिपदा देखि देखी शक्तीकी देवी दुर्गाको पूजा गर्दै नवमीसम्म प्रत्येक दिन देवीका ९ स्वरुपहरू शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्धमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदा को पूजा हुन्छ।
यसरी नौ दिनसम्म नौ देविको पूजा गरी दशमीका दिन टिका जमरालाइ देबिको प्रसादको रुपमा ग्रहण गर्दै विजया दशमी मनाउने गरिन्छ। भने मर्यादा पुरुसोत्तम भगवान रामले रावणमाथी बिजय प्राप्त गरेको दिनको रुपमा समेत विजया दशमीलाइ लिने गरिन्छ।
विजया दशमीमा आफू भन्दा ठुला बडाबाट टिका लगाइ आशिर्वाद लिने गरिन्छ। विजया दशमीका दिन आफूभन्दा ठुला बडाबाट टिका लगाउन नपाउनेहरुले पूर्णिमासम्म पनि टिका लगाइबर दशैं मनाउने प्रचलन रहेको छ।






