काठमाडौं: हालसम्म विश्व भरिमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ लाख ७ हजार ५ सय २१ पुगेको छ भने संक्रमीतको संख्या ३ करोड ९५ लाख १६ हजार ४ सय ११रहेको छ। हाल सम्म २ करोड ९६ लाख ७ हजार ८ सय ९० जना निको भएर घर फर्किसकेका छन।
पछिल्लो २४ घन्टामा देश भरीमा ४ हजार ३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने कुल संक्रमीतको संख्या १ लाख २६ हजार १ सय ३७ रहेको छ। जसमध्धे ७ सय १५ जनाले ज्यान गुमाएका छ्न।
बिगत २४ घन्टामा थप २१ जनाले ज्यान गुमाएका छ्न भने संक्रमण मुक्त भएर घर फर्कनेको संख्या ८८ हजार ४० जना र ३७ हजार ३ सय ८२ जनाको उपचार भइरहेको जनाइएको छ।
चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।






