ओखलढुंगा:२४ वर्षीया महिलाले राती सुतेको ठाउँमा आएर बलात्कार प्रयास गरेका भनिएका ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका -३ का वडा अध्यक्ष मेडल राई धरौटीमा छुटेका छन।
आरोपित वडा अध्यक्ष राईले ०७७ असोज १६ गते राति घरैमा सुतेको अवस्थामा बलात्कारको प्रयास गरेको पीडित महिलाले बताइन।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले पीडितले करणीको प्रयास आषयको उजुरी दिए पछि प्रहरीले आरोपित वडा अध्यक्षलाई सोही दिन पक्राउ गरी मुद्दा दर्ता गरेको थियो।
घटनापछि आरोपित वडा अध्यक्षसहित स्थानीयले दवाव दिएर मिलापत्र गर्न दवाव दिएको पीडित पक्षको भनाइ छ।
उक्त मुद्दामा सुनुवाइ हुँदा २ लाख धरौटीमा छाड्ने आदेश भएकाले आरोपित तोकिएको धरौटी बुझाएर छुटेका हुन।






