बिरगंज: प्रहरीले पर्साको वीरगन्ज महानगरपालिका ६ विर्तामा एक भारतीय नागरिकको घरमा लुकाएर राखिएको २२ किलो सुन बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालयका पर्साको टोलीले भारतीय नागरिकको घरमा छापा मारेर लुकाएको अवस्थामा २२ किलो सुन बरामद गरेको हो।
यति ठुलो परिणाममा सुन बरामद भए पछि प्रहरीले थप अनुसन्धान गरिरहेकोले थप विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ।






