आज पौष शुक्ल पूर्णिमा आजका दिन बाट धर्मावलम्बीहरूको श्रीस्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा सुरु भएको छ ।
आजका दिनबाट बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा भगवान शिबको बिशेस पूजा गरी हरेक दिन बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा रहेको छ ।
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन स्वस्थानीको ब्रत बस्ने गरिंछ । आजबाट काठमाडौंको साँखु स्थित शालीनदीमा स्वस्थानीको मेला सुरु भएको छ । श्रीस्वस्थानी व्रत कथाका अनुसार गोमा ब्राह्मणीले विधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश को राजा भएको स्वस्थानीमा वर्णन गरिएको छ । यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण शालीनदी मेलामा व्रत बस्ने व्रतालुका लागि कठोर नियम बनाइएको छ ।
अघिल्ला वर्षमा चार सयभन्दा बढी व्रतालु सहभागी हुने सो मेलामा यस वर्ष बढीमा ५० जनालाई मात्र शालीनदी क्षेत्रमा व्रत बस्न अनुमति दिइएको छ।






