Home / Nepal / News / कोरोनाबाट शुक्रबार बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठान धरानमा थप २ जनाको मृत्यु

कोरोनाबाट शुक्रबार बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठान धरानमा थप २ जनाको मृत्यु

धरान: बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठान धरानमा  धरानकी एक महिला तथा उदयपुरका  एक बालकको कोरोनााभइरस संक्रमणबाट निधन भएको छ।

मृत्यु हुनेमा धरान उपमहानगरपालिका–१२ की ७८ वर्षीया महिला र उदयपुरको कटारीका १४ वर्षीय बालक हुन्।

कार्तिक २० मा संक्रमण पुष्टि भएर अस्पतालमा भर्ना भएकी ७८ वर्षीया महिलाको बिहिवार राती निधन भएको थियो।

यसै गरी उदयपुर कटारीका १४ वर्षका बालक कार्तिक १२ मा कोरोना संक्रमण पुष्टि भएपछि नोवल अस्पताल भर्ना गरिएको थियो।

नोबेल हस्पिटल बिराटनगरबाट रिफर गरेर उनलाई १६ कात्तिकमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो।

उनको आज बिहान साढे ९ बजे मृत्यु भएको हो । उनमा लामो समयदेखि क्षयरोगको समस्या रहेको बुझिएको छ। 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *