नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको जीवन रक्षाका लागि भन्दै घोषणा गरेको विरोधका कार्यक्रम स्थगित गरेको छ।
६ सुत्रीय माग राखेर विगत २५ दिनदेखि आमरण अनसन बसेका केसीले राखेका ६ मध्ये लगभग ५ वटा मागमा सहमति नजिक पुगेकोले हाललाइ बिरोधका कार्यक्रम स्थगित गरिएको जनाइएको छ।
बिहीबार सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा दिनभरजसो भएको वार्तामा डा केसीले उठाएका मागबा विषयमा छलफल भएको थियो।
चिकित्सक संघका महासचिव डा. बद्री रिजालले बिहीबार विज्ञप्ति जारी गर्दै सरकार र डा. केसीका तर्फबाट वार्ता टोली गठन गरी सम्वाद भइरहरेको र सकारात्मक वातावरण तय भएकाले विरोधको कार्यक्रम स्थगित गरिएको जानकारी दिएका हुन।
बिहीवार केसिले उठाएका ६ वटा मध्ये ५ वटा मागहरु सहमति नजिक पुगेकाले शुक्रबारको वार्तामा छैठौं मागका बारेमा सहमति जुटाउने प्रयास हुने वार्ता टोलीमा रहेका सदस्यहरुको भनाई छ।
केसीका तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा ४ सदस्य र सरकारको तर्फबाट ३ सदस्यीय बार्ता टोलिले छ्लफल गरिरहेका छ्न।






