काठमाडौँ: देशको राजधानीमा नौ बर्षिय बालिका बलात्कृत भएकि छिन। ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका–४ मा एक ९ वर्षीया बालिका बलात्कृत भएकी हुन।
बलात्कार गरेको आरोपमा सोहि ठाउँ बस्ने बस्ने १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ। अभियुक्त किशोरले बालिकालाई सोहीको ठाउँको एउटा केटेरोभित्र लगि बलात्कार गरेको खुल्न आएको छ।
बलात्कारको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले अभियुक्तलाइ सोहि ठाउँबाट पक्राउ गरेको हो। घटनाबारे अनुसन्धान सुरुभएको जिल्ला प्रहरी कार्यलय ललितपुरले जनाएको छ।






