तुलसीपुर: तुलसीपुर उपमहानगरपालिका-१०कि २० वर्षीय सुत्केरीको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमणका कारण ज्यान गएको छ।
ति सुत्केरी महिलाको उपचारका क्रममा आज ( शुक्रबार ) दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ।
१८ गते डेलिभरि भएकि महिलालाइ स्वास्थमा समस्या देखिएपछी कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो।
कोरोना पोजेटिभ देखिए लगत्तै आइसोलेशन वार्डमा राखेर उपचार गरेता पनि उनलाइ बचाँउन नसकिएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकस पर्सन नरेश श्रेष्ठले बताउनु भएको छ।






